Kathmandu Press

कोरोना संक्रमणबाट सप्तरीमा थप एक पुरुषको मृत्यु

सप्तरी, असोज १६ : सप्तरीमा कोरोना संक्रमणबाट थप एक पुरुषको  मृत्यु भएको छ। मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका...
कोरोना संक्रमणबाट सप्तरीमा थप एक पुरुषको मृत्यु

सप्तरी, असोज १६ : सप्तरीमा कोरोना संक्रमणबाट थप एक पुरुषको  मृत्यु भएको छ। मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए।

उनका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए। ती पुरुषको उपचारका क्रममा आज  मृत्यु भएको हो। 

यसअघि भक्तपुर अस्पतालमा उपचाररत् सप्तरीका ४८ वर्षीय पुरुषको हिजो साँझ संक्रमणबाट मृत्यु भएको थियो। खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १२ गते अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा सुनिल ढुंगेलले जानकारी दिए। 
संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको जनाइएको छ। 

योसहित कोरोना संक्रमणबाट सप्तरीमा मृत्यु हुनेको संख्या १८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ००:०७ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्