Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु

काठमाडौं, असोज १६ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा थप पाँच जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन महिला र...
पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं, असोज १६ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा थप पाँच जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंकी ६७ वर्षीया महिला, भक्तपुरका ५१ र ६१ वर्षीया महिला तथा ललितपुरका ३२ र ७० वर्षीय पुरुष रहेका छन्।

योसँगै कोरोना भाइरसको संक्रमणबाट नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५२० पुगेको छ।

प्रकाशित मिति: २२:४९ बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्