कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो
काठमाडौं, असोज १६ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको...
काठमाडौं, असोज १६ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५२० पुगेको छ।
यस्तै, शुक्रबार नेपालमा थप २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ। संक्रमितमध्ये ६० हजार ६९६ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ३३०७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:१६ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











