काठमाडौंमा १२८० सहित उपत्यकामा शुक्रबार थपिए १६३८ जना कोरोना संक्रमित
काठमाडौंमा १२८० सहित उपत्यकामा थप १६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, असोज १६ : काठमाडौंमा १२८० सहित उपत्यकामा थप १६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका १२८०, भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, शुक्रबार नेपालमा थप २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ। संक्रमितमध्ये ६० हजार ६९६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२० जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ३३०७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:०९ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











