एकैदिन थपिए २७२२ जना कोरोना संक्रिमत
नेपालमा थप २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, असोज १६ : नेपालमा थप २७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २७ सय २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ। संक्रमितमध्ये ६० हजार ६९६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२० जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ३३०७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:०३ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











