Kathmandu Press

उपाध्यक्ष गौतमको बाँकी सुनुवाई बुधबार हुने

काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको मुद्दा अब बुधबार सुनुवाई हुने भएको छ। शुक्रबार हुने भनिएको सुनुवाई नसकिएपछि...
उपाध्यक्ष गौतमको बाँकी सुनुवाई बुधबार हुने

काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको मुद्दा अब बुधबार सुनुवाई हुने भएको छ। 

शुक्रबार हुने भनिएको सुनुवाई नसकिएपछि बाँकी सुनुवाई बुधबार हुने सर्वोच्चले जनाएको छ। 

सरकारको सिफारिशमा राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उनीविरुद्ध छुट्टाछुट्टै निवेदन दिएका थिए। प्रतिनिधिसभा निर्वाचनमा हारेका गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नहुने रिट निवेदनमा जिकिर गरिएको छ।

दुवै मुद्दामा बुधबार पनि सुनुवाई भएको थियो। समय अभाव भएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दा आज पनि समय अभावकै कारण हेर्दाहेर्दैमा राखिएको छ।

प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्