विराटनगरमा कोरोनाबाट ७२ वर्षीया बृद्धाको मृत्यु
मोरङ, असोज १६ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा ७२ वर्षीया बृद्धाको मृत्यु भएको छ।मोरङको विराटनगर महानगरपालिका–१४ जतुवाकी बृद्धाको शुक्रबार उपचारका क्रममा विराटनगरस्थित कोशी...
मोरङ, असोज १६ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा ७२ वर्षीया बृद्धाको मृत्यु भएको छ।
मोरङको विराटनगर महानगरपालिका–१४ जतुवाकी बृद्धाको शुक्रबार उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो। उनको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको केन्द्रका प्रमुख डा. दीपक सिग्देलले बताए।
डा.सिग्देलका अनुसार बृद्धालाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई कोभिड अस्पताल भर्ना गरिएको थियो।
उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिइन्। त्यस्तै, उनलाई उच्च रक्तचाप पनि रहेको थियो।
प्रकाशित मिति: २०:०४ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











