प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने सरकारको निर्णय
काठमाडौं, असोज १६ : प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा हुने भएकाे छ।प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती,...
काठमाडौं, असोज १६ : प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा हुने भएकाे छ।
प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो।
यसअघि रुपन्देही, कपिलवस्तु वा दाङ मध्ये कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद रहेको थियो।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि प्रदेश ५ को राजधानी दाङमा राख्ने सहमति भइसकेको छ।
प्रकाशित मिति: १९:५४ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











