Kathmandu Press

कोरोना संक्रमित ९२ वर्षीय बृद्धसहित दुईको एम्बुलेन्समै मृत्यु

विराटनगर, असोज १६ : कोरोना भाइरस संक्रमित ९२ वर्षीय बृद्धसहित दुई जनाको उपचारका लागि अस्पताल लग्दै गर्दा एम्बुलेन्समै मृत्यु भएको छ।शुक्रबार उपचारका लागि...
कोरोना संक्रमित ९२ वर्षीय बृद्धसहित दुईको एम्बुलेन्समै मृत्यु

विराटनगर, असोज १६ : कोरोना भाइरस संक्रमित ९२ वर्षीय बृद्धसहित दुई जनाको उपचारका लागि अस्पताल लग्दै गर्दा एम्बुलेन्समै मृत्यु भएको छ।

शुक्रबार उपचारका लागि मोरङको विराटनगरस्थित विराट शिक्षण अस्पताल लैजादै गर्दा दुई जना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए। मृत्यु भएका दुई जना सुनसरी र सिराहाका बासिन्दा हुन्।

कोरोना संक्रमण देखिएपछि सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्धलाई होम आइसोलेसनमा राखिएको थियो। तीन दिनदेखि होम आइसोलेसनमा रहेका बृद्धको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आज विराट अस्पताल लगिएको थियो।

उनलाई अस्पताल पुगाउने बितिक्कै चिकित्सकहरुले मृत घोषणा गरेका थिए। अस्पतालका आइसोलेसन इन्चार्ज देवका अनुसार बृद्धको एम्बुलेन्समै मृत्यु भइसकेको थियो।

त्यस्तै, सिराराको सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमितको पनि शुक्रबार एम्बुलेन्समै मृत्यु भएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई  एक साता अघि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उनको स्वाब परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण देखिएको थियो। त्यसपछि थप उपचारका लागि नोबेल अस्पतालले विराट अस्पतालको आइसोलेसनमा रिफर गरेको थियो।

उनलाई आज एम्बुलेन्समा राखेर विराट अस्पताल लगिएको थियो। अस्पताल पुगेपछि एम्बुलेन्सबाट निकाल्दा मृत्यु भइसकेको भइसकेको पाइएको आइसोलेसन इन्चार्ज देवले बताए।

प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्