नेकपाले शनिबारको लागि बोलायो सचिवालय बैठक
काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबारको लागि सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का...
काठमाडौं, असोज १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबारको लागि सचिवालय बैठक बोलाएको छ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भोलिको लागि बैठक बोलाउने विषयमा सहमति भएको हो।
बिहीबार प्रधानमन्त्री ओलीले बिना छलफल एकतर्फी रूपमा डा. युवराज खतिवडालाई अमेरिकाको लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेपछि सचिवालयका सदस्यहरूले सन्तुष्ट जनाएका छन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने तय भएको छ।
प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











