Kathmandu Press

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलनिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ। ट्रम्पले ट्वीट गर्दै दुवैलाई संक्रमण भएको सार्वजनिक गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

काठमाडौं, असोज १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन्। उनले आफू र आफ्नी पत्नी मेलनिया ट्रम्पलाई पनि कोरोना भएको जानकारी दिएका छन्।

कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टाइनमा बसेको जनाएका छन्।

राष्ट्रपति ट्रम्प कोरोना भाइरसलाई 'चिनीयाँ भाइरस' भन्दै गिज्याउँदै आएका थिए। उनले स्वास्थ्य मापदण्ड समेत पालना गरेका थिएनन्। आफू पनि मास्क लगाउदैन्थे भने अरुलाई पनि मास्क लगाउँदा जिस्काउने गरेका थिए।

केही दिन अघि भएको राष्ट्रपतिका उम्मेदवारको बसहमा समेत उनले मास्क लगाएका थिएनन्। राष्ट्रपतिका अर्का उम्मेदवार जो बाइडेनलाई 'तिमी त एक सय मिटर टाढाबाट कुराकानी गर्दा पनि मास्क लगाउँछौं' भनेर होच्याएका थिए।

अमेरिकी स्वास्थ्य अधिकारी तथा विज्ञहरुले भने मास्क लगाउन, दूरी कायम गर्न, हात धुन र स्यानीटाइजरको प्रयोग गर्न बारम्बार आग्रह गर्दै आएका थिए। अहिले संसारभर सबैभन्दा बढी संक्रमित अमेरिकामा नै छन्।

शुक्रबार बिहानसम्म अमेरिकामा ७४ लाख ९४ हजार ६ सय ७१ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये दुई लाख १२ हजार ६ सय ६० जनाको मृत्यु भएको छ।

 

 

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्