काभ्रेका २८ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको पुष्टि
धुलिखेल, असोज १६ : दुई दिन अघि मृत्यु भएका काभ्रेको महाभारत–२ गोकुलेका २८ वर्षीय युवकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दाहसंस्कार गरिसकेपछि...
धुलिखेल, असोज १६ : दुई दिन अघि मृत्यु भएका काभ्रेको महाभारत–२ गोकुलेका २८ वर्षीय युवकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दाहसंस्कार गरिसकेपछि आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको हो।
उनलाई ज्वरो आएपछि हेलिकप्टरमा धुलिखेल अस्पताल ल्याइएको थियो। उपचारका क्रममै उनको असोज १४ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।
आफन्तजले त्यहि दिन पनौति लगेर दाहसंस्कार गरेका थिए। दाहसंस्कार गरेको अर्को दिन असोज १५ गते आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष कान्छाला जिम्वाले बताए।
अहिले युवकको सम्पर्कमा आएका व्यक्तिलाई सेल्फ आइसोलेसनमा बस्न लगाइएको छ। उनीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको अध्यक्ष जिम्वाले बताए।
प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











