Kathmandu Press

वामदेव गौतमविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं, असोज १६ : नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ...
वामदेव गौतमविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं, असोज १६ : नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।

सरकारको सिफारिशमा राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि मुद्दा परेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै निवेदन दिएका थिए। प्रतिनिधिसभा निर्वाचनमा हारेका गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नहुने रिट निवेदनमा जिकिर गरिएको छ।

दुवै मुद्दामा बुधबार पनि सुनुवाइ भएको थियो। समय अभाव भएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

सर्वोच्च अदालतले प्रकाशित गरेको दैनिक पेशी सूचिमा गौतमविरुद्धको मुद्दालाई प्राथमिकतामा राखिएको छ। प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासको आजको पेशी सूचिको पहिलो र दोस्रो नम्बरमा गौतमविरुद्धका दुवै निवेदन राखिएको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशसहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। गौतमको तर्फबाट ३० भन्दा बढी कानुन व्यवसायीले बहस गरिरहेका छन्।

यस अघि असोज ७ गते रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो। र, यो मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो।

प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए।

 

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्