Kathmandu Press

आधा किलो सुनसहित दाजुबहिनी पक्राउ

कपिलवस्तु, असोज १६ : आधा किलोग्राम सुनसहित प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका ५ बनकछियाबाट दाजुबहिनीलाई पक्राउ गरेको छ।कपिलवस्तुबाट भारततर्फ लग्दै गरेको अवस्थामा ३४ वर्षीय...
आधा किलो सुनसहित दाजुबहिनी पक्राउ

कपिलवस्तु, असोज १६ : आधा किलोग्राम सुनसहित प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका ५ बनकछियाबाट दाजुबहिनीलाई पक्राउ गरिएकाे छ।

कपिलवस्तुबाट भारततर्फ लग्दै गरेको अवस्थामा ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको हो। उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरु कपिलवस्तुबाट लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। बरामद सुन र पक्राउ परेका दाजुबहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको छ।

 

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्