वुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, असोज १६ : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषकोे...
काठमाडौं, असोज १६ : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषकोे बिहीबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज ११ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेका ती पुरुष स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ मा अस्पताल भर्ना भएका थिए ।
उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यो सँगै रुपन्देहीमा २५ जना संक्रमितको मृत्यु भएको छ।
प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











