Kathmandu Press

स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार दोश्रो जित 

स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार दोश्रो जित 

काठमाडौं, असोज १६ : बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको हो ।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो । एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनका लागि युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

जितसँगै बार्सिलोनाको दुई खेलबाट ६ अंक जोडेर बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ । पराजित सेल्टा ५ अंक जोडेर ११औं स्थानमा रहेको छ । 

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, असोज १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्