Kathmandu Press

च्याम्पियन्स लिग ड्र : युभेन्ट्स र बार्सिलोना एउटै समूहमा 

काठमाडौं, असोज १६: युईएफएले च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । बिहीबार राति सार्वजनिक ड्र अनुसार युभेन्ट्स र बार्सिलोना एउटै समूहमा परेका छन्...
च्याम्पियन्स लिग ड्र : युभेन्ट्स र बार्सिलोना एउटै समूहमा 

काठमाडौं, असोज १६: युईएफएले च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । बिहीबार राति सार्वजनिक ड्र अनुसार युभेन्ट्स र बार्सिलोना एउटै समूहमा परेका छन् । 

युभेन्ट्स र बार्सिलोना एउटै समूहमा परेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी २ वर्षपछि एक–आपसमा भिड्ने भएका छन् । सन् २०१८ मा रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिड छाडेपछि यी दुई खेलाडी आपसमा भिडेका छैनन् । युभेन्ट्स र बार्सिलोना रहेको समूह एचमा युक्रेनी क्लब डाइनामो किभ र हंगेरियन क्लब फेरेन्कवारोस छन् । 

गत सिजनको फाइनलिस्ट पिएसजी भने ग्रुप अफ डेथमा परेको छ । समूह एचमा पिएसजीसँगै जर्मन क्लब आरबी लाइपजिग, इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र इस्तानबुल बसाकसेइर छन् । 

यसैगरी च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियल मड्रिड सहज समूह बीमा रहेको छ । यो समूहमा इन्टर मिलानसँगै बोरुसिया मान्चेनग्लाबाच र शख्तर डोनेक्स छन् । यस्तै, इंग्लिस क्लब म्यान्चेस्टर सिटी सबैभन्दा सहज समूहमा परेको छ । सिटी रहेको समूह सीमा एफसी पोर्तो, ओलम्पियाकोस र मार्सेली छन् । 

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख समूह डीमा छ । यो समूहमा एट्लेटिको मड्रिड, लोकोमोटिभ मस्को र साल्जवर्ग रहेका छन् । यस्तै, लिभरपुल आयाक्स, एट्लान्टा र मिडजिल्यान्डसँगै समूह डीमा रहेको छ । 

इंग्लिस क्लब चेल्सी समूह इ मा छ । यो समूहमा सेभिया, क्रास्नोडा र रेनेस रहेका छन् । यस्तै, समूह एफमा बोरुसिया डर्टमन्ड, लाजियो, जेनिथ सेन्ट पिटर्सवर्ग, र क्लब ब्रुग रहेका छन् ।

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, असोज १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्