आईपिएलः मुम्बईले पञ्जावलाई ४८ रनले हरायो

काठमाडौं, असोज १६ : इन्डियन प्रियिमर लिग (आईपिएल)अन्तर्गत बिहबिार राति दुबईमा भएको खेलमा मुम्बई इन्डिन्यस विजयी भएको छ । प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले किंग्स इलावेन पञ्जावलाई ४८ रनले हरायो ।
मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो । पञ्जाबका निकोलस पुरनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए भने मायंक अग्रवालले १८ बलमा २५, कृष्नप्पा गौतमले १३ बलमा २२ रन बनाए । मुम्बईका जस्प्रित बुमराह, राहुल चहर र जेम्स प्याटिन्सनले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्मा सर्वाधिक ७० रन बनाए । उनले ४५ बल खेल्दै८ चौका र ३ छक्का प्रहार गरे । यस्तै किइरन पोलार्डले २० बलमा ४७ रन बनाए भने हार्दिक पाण्ड्याले ११ बलमा ३० रन बनाए । पञ्जाबका सेलडन कोट्रेल, मोहम्मद सामी र कृष्णप्पा गौतमले सामान १ विकेट लिए ।
पञ्जाब हराएसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईको ४ खेलमा दुई जितसहित ४ अंक भएको छ । दिल्ली क्यापिटल्स, कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरको समान ४ अंक भएपछि मुम्बई रनरेटका आधारमा शीर्ष स्थानमा रहेको हो ।











