Kathmandu Press

चितवनमा थपिए २ वर्षीय बालकसहित थप २५ जना कोरोना संक्रमित 

चितवन, असोज १६ : चितवनमा २ वर्षीय बालकसहित थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको...
चितवनमा थपिए २ वर्षीय बालकसहित थप २५ जना कोरोना संक्रमित 

चितवन, असोज १६ : चितवनमा २ वर्षीय बालकसहित थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २४ जना चितवनका र एक जना अर्घाखाँचीका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले बिहीबार अबेर राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका १३ पुरूष र ४ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ वर्षीय एक बालक र ४ वर्षका २ बालकसहित ६६ वर्षीय पुरूष पनि छन् ।

यस्तै खैरहनीका ५ पुरूष र रत्ननगरका एक पुरूष तथा एक महिला पनि संक्रमित भएका छन् । बाँकी एक जना भने अर्घाखाँची सितगंगाकी एक महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्