भक्तपुरमा सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु
भक्तपुर, असोज १५ : भक्तपुरमा सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। प्तरीका ४८ वर्षीय पुरुषको भक्तपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका...
भक्तपुर, असोज १५ : भक्तपुरमा सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
सप्तरीका ४८ वर्षीय पुरुषको भक्तपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिए।
खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १२ गते ती पुरुष अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएपछि गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
ती पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको डा. ढुंगेलले बताए।
प्रकाशित मिति: ०१:४७ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











