Kathmandu Press

स्याङ्जामा गाई काटेर खाने तीन जना पक्राउ 

काठमाडौं, असोज १५ : स्याङ्जामा गाई काटेर खाने तीन जना पक्राउ परेका छन्। गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु...
स्याङ्जामा गाई काटेर खाने तीन जना पक्राउ 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १५ : स्याङ्जामा गाई काटेर खाने तीन जना पक्राउ परेका छन्। 

गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ–९ का ३८ वर्षीय नारायण भुसाल, २४ वर्षीय डोलुराम नेपाली र वालिङ–१३ बस्ने ३२ वर्षीय रामबहादुर सार्की पक्राउ परेका हुन्।

उनीहरुले मासु खानका लागि जिउँदो गाई काटेर मासु भाग लगाएको र टाउको र खुट्टा जौबारीस्थित नारायण भुसालको बाँझो जमिनमा खाडल खनी पुरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बर्ताए। 

प्रहरी, पशु सेवा कार्यालय गल्याङका पशु चिकित्सक, प्राविधिकसहितको टोलीले उक्त स्थानमा गई खाडल खोतलेर हेर्दा गाईको टाउको, चार खुट्टा, आन्द्रा र भूँडी कुहेको दुर्गन्धित अवस्थामा फेला परेका थिए।
 

प्रकाशित मिति: ०१:०१ बजे, शुक्रबार, असोज १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्