Kathmandu Press

लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ : इजरायली प्रधानमन्त्री नेतन्याहु

जेरूसेलम, असोज १५ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड–१९ बन्दाबन्दीबाट मुक्त हुन ६ महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताएका छन्।‘यो लकडाउनबाट बिस्तारै...
लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ : इजरायली प्रधानमन्त्री नेतन्याहु

जेरूसेलम, असोज १५ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड–१९ बन्दाबन्दीबाट मुक्त हुन ६ महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताएका छन्।

‘यो लकडाउनबाट बिस्तारै  र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक वर्षसम्म रहन सक्छ,’ उनले बुधबार मन्त्रिपरिषद्को बैठकमा भने।

Hardik ivf

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले बासिन्दाहरूलाई उनीहरूको घरबाट २०० मिटरभन्दा बाहिर जानबाट रोक्नुपर्ने र अतिआवश्यक बाहेकका गतिविधिलाई नियन्त्रण गर्न थप प्रतिबन्धको लागि आग्रह गरेका छन्। हालका प्रतिबन्धले उक्त सीमालाई एक हजार मिटरमा राखेको छ।

इजरायलले सेप्टेम्बर १८ देखि तीन हप्ताका लागि दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ। इजरायलमा सुरुमा फेब्रुअरीमा भाइरसबाट संक्रमित पहिले बिरामी फेला परेपनि पछिल्ला केही हप्तामा यहाँको संक्रमण दर बढ्न थालेपछि दोस्रो पटक लकडाउनको घोषणा गरेको हो। 

इजरायलमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका नियन्त्रण उपायका कारण अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ। इजरायलको झण्डै एक चौँथाइ अर्थात् नौ लाख श्रमशक्ति कोरोनाका कारण बेरोजगार बनेको इजरायली रोजगार सेवा केन्द्रद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित मिति: २२:४३ बजे, बिहीबार, असोज १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्