Kathmandu Press

काठमाडौंमा ८१७ सहित उपत्यकामा थपिए ९४३ जना कोरोना संक्रमित

काठमाडौं, असोज १५ :  काठमाडौंमा ८१७ सहित उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९४३जनामा...
काठमाडौंमा ८१७ सहित उपत्यकामा थपिए ९४३ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज १५ :  काठमाडौंमा ८१७ सहित उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९४३जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, बिहीबार नेपालमा थप १९११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ। संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५०९ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ९६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०९ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्