Kathmandu Press

मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १५ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ मा मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा...
मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १५ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ मा मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। 

बुधबार कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।

भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भएकी ३५ वर्षीया महिला १३ गते साँझ आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्।

महिलाको शव नेपाली सेनाको टोलीले बिहीबार व्यवस्थापन गरेको छ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्