दशैंका लागि आजदेखि सहुलित पसल खुल्ने
काठमाडौं, असोज १५ : दशैं, तिहार तथा छठलाई लक्षित गरि आजदेखि सरकारले खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ।उद्योग, वाणिज्य...
काठमाडौं, असोज १५ : दशैं, तिहार तथा छठलाई लक्षित गरि आजदेखि सरकारले खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छठको भोलिपल्टसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको हो। यस पटक काठमाडौं उपत्यका र बाहिर गरी ६५ भन्दा बढी सरकारी आउटलेट र बिक्री केन्द्रबाट विशेष छुट दिइनेछ।
मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार उपत्यकामा साल्ट ट्रेडिङ कर्पोरेसनका ११ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका पाँच वटा आउटलेट र बिक्री केन्द्र छन्। जिल्लामा खाद्यका २५ र साल्टका २४ वटा आउटलेट रहेको उनले बताइन्।
काठमाडौंमा कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथाली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा सहुलियत पसल सञ्चालन हुनेछन्।
त्यस्तै, दुग्ध विकास संस्थान (डीडीसी)ले पनि आफ्ना बिक्री केन्द्रबाट छुट दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। लैनचौर, न्युरोड र खुमलटारबाट डीडीसीले छुट दिने भएको छ।
काठमाडौं बाहिर खाद्य डिपोमा छुट पाइनेछ। साल्ट ट्रेडिङले आउटलेटसँगै घुम्ती सेवा पसल पनि सञ्चालन गर्ने भएको छ।
सहुलियत पसलमा चिनी प्रतिकिलो ७० रुपैयाँमा बिक्री गर्नेछ। त्यस्तै, चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइनेछ। खसी, बोका, च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने व्यवस्थ गरिएको मन्त्रालयले जनाएको छ।











