Kathmandu Press

रौतहटका कोरोना संक्रमितको वीरगन्जमा मृत्यु

वीरगन्ज, असोज १५ : रौतहटका एकजना कोरोना भाइरस संक्रमितको वृद्धको वीरगञ्जमा मृत्यु भएको छ।रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय वृद्धको आज बिहान वीरगन्जस्थित...
रौतहटका कोरोना संक्रमितको वीरगन्जमा मृत्यु

वीरगन्ज, असोज १५ : रौतहटका एकजना कोरोना भाइरस संक्रमित वृद्धको वीरगञ्जमा मृत्यु भएको छ।

रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय वृद्धको आज बिहान वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा मृत्यु भएको हो। उनको उपचारका क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. असरफ हुसैनले बताए।

उनी अस्पताल भर्ना भएदेखि नै आईसीयूमा थिए। आज बिहान अवस्थ गम्भी बनेपछि भेन्टिलेटमा राखिएको थियो। भेन्टिलेटरमा उपचार गर्दागर्दै मृत्यु भएको डा. हुसैनले बताए।

उनी मुटुरोगबाट पीडित थिए। उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

बिरामी भएपछि नारायणी अस्पताल भर्ना गरिएको थियो। त्यहि क्रममा असोज ८ गते स्वाब संकलन गएिको थियो। असोज ९ गते आएको रिपोर्टमा पोजिटिभ देखिएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो।

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्