Kathmandu Press

कोरोना संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु

काठमाडौं, असोज १४  : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई महिला र एक...
कोरोना संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं, असोज १४  : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका ३४ र ८६ वर्षीया महिला  तथा ५४ वर्षीय पुरुष रहेका छन्।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। 

यस्तै, बुधबार नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। संक्रमितमध्ये ५६ हजार ४२८ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०५७ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:२४ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्