Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु 

काठमाडौं, असोज १४ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १४ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। 

यस्तै, बुधबार नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। संक्रमितमध्ये ५६ हजार ४२८ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०५७ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:११ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्