Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित

काठमाडौं, असोज १४ :  काठमाडौंमा ६९७ सहित उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९०२...
काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज १४ :  काठमाडौंमा ६९७ सहित उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, बुधबार नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍. गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। संक्रमितमध्ये ५६ हजार ४२८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९८ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०५७ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:०८ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्