Kathmandu Press

थप १५५९ जनामा कोरोनाको संक्रमण पुष्टि 

नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  
थप १५५९ जनामा कोरोनाको संक्रमण पुष्टि 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १४ :  नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १५५९  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। संक्रमितमध्ये ५६ हजार ४२८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९८ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०५७ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:०१ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्