Kathmandu Press

आठ दिनदेखि भेन्टिलेटरमा रहेका बृद्धको काेराेनाबाट मृत्यु

विराटनगर, असोज १४ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरस्थित कोी अस्पतालमा एक जना बृद्धको मृत्यु भएको छ।आज बिहान कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा...
आठ दिनदेखि भेन्टिलेटरमा रहेका बृद्धको काेराेनाबाट मृत्यु

विराटनगर, असोज १४ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरस्थित कोशी अस्पतालमा एक जना बृद्धको मृत्यु भएको छ।

आज बिहान कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय बृद्धको मृत्यु भएको हो। उनको बिहान ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगरका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए।

उनलाई सन्चाे नभएपछि असोज ४ गते अस्पताल भर्ना गरिएको थियो। काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजिटिभ आएकाे थियाे।

उनलाई श्वासप्रश्वासमा पनि समस्या भएपछि भेन्टिलेटरमा राखिएको थियो। आठ दिनदेखि भेन्टिलेटरमा रहेका उनकाे स्वास्थ्यमा सुधार आउन सकेकाे थिएन्

उनी उच्च रक्तचाप, मधुमेहबाट पनि पीडित रहेको डा. सिग्देलले बताए। पछिल्लो समय उनलाई रेम्डेसिभर औषधि पनि चलाइएको थियो।

प्रकाशित मिति: १६:४० बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्