Kathmandu Press

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना संक्रमण

धनगढी, असोज १४ : सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा...
सुदूरपश्चिममा थप ३२ जनामा कोरोना संक्रमण

धनगढी, असोज १४ : सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार थपिएका संक्रमितमा कैलालीका २२, कञ्चनपुरका ५ , डोटीका एक, बैतडीका तीन र डडेल्धुराका एक जना रहेका छन्।

योसँगै सक्रिय संक्रमितको संख्या एक हजार २४ पुगेको छ। जसमध्ये अछाममा ९७, बैतडीमा ८४, बझाङमा ११७, डडेल्धुरामा १२, दार्चुलामा ३०, डोटीमा १३६, कैलालीमा ५०१ र कञ्चनपुरमा ४७ जना रहेका छन्।

अहिलेसम्म ६ हजार एक सय १० जना निको भएका छन्। अहिले विभिन्न अस्पतालमा ७९ कोरोना संक्रमितको उपचार भईरहेको छ।
सुदूरपश्चिममा कोरोनाबाट १६ जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १६:२२ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्