Kathmandu Press

शेयर बजार अझै मुख्य प्रतिरोध क्षेत्रमा

काठमाडौं, वैशाख १२ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२ दशमलव ८३ ले वृद्धि भएर १२९२ दशमलव १२ को विन्दुमा पुगेको छ।

<....
शेयर बजार अझै मुख्य प्रतिरोध क्षेत्रमा

काठमाडौं, वैशाख १२ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२ दशमलव ८३ ले वृद्धि भएर १२९२ दशमलव १२ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा १ प्रतिशतको वृद्धि देखिएको छ। १२७९ दशमलव २९ को विन्दुमा खुलेको बजार १२९६ दशमलव ९२ को उच्च विन्दुसम्म पुगेको थियो। 
बजारको न्यून विन्दु आज १२७९ दशमलव २९ थियो। आज दिनभरमा १ अर्ब ३५ करोड बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था : 

Hardik ivf

आज सर्वाधिक कारोबार हुने :

आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको १८ करोड ४१ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने :

आज एभेरेष्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले कमाए भने तारागाउँ रेजेन्सी होटलका शेयरधनीले सर्वाधिक ९ दशमलव ३० प्रतिशतले गुमाए।

 

प्राविधिक विश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख १२ गते बजार १२९२ दशमलव १२ विन्दुमा वन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा १ प्रतिशतले वृद्घि हो। समग्रमा बिहीबारको मैनबत्तीले बजारमा विक्रेताभन्दा क्रेताको चाप रहेको देखाउँछ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति


चित्र नं.२, हिजो र आज दिनभरको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समायावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार १३०० भन्दा माथि रहेमा बजार केही सकारात्मक हुन सक्ने भनिएको थियो। तर, आज यो विन्दुलाई बजारले तोड्न असफल रह्यो।

हिजो र आजको नेप्सेको प्रवृत्तिले बजार बढ्दो प्रवृत्तिमा रहेको देखिएपनि कारोबारको अन्तिम समयमा क्रेताको चाप कमजोर भएको संकेत गरेको छ। २१ र ५० समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले हिजो गोल्डन क्रस बनाएपछि बजार आज पनि बढ्दो प्रवृत्तिमा रहेको थियो।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५५ दशमलब १२ अंकमा रहेको र सकारात्मक क्षेत्रमा भएपनि यसको प्रवृत्तिले डाइभर्जेन्स संकेत गरेको छ। यसले बजारमा क्रेताको चाप कमजोर हुँदै  गएको संकेत गर्दछ। स्टोकास्टिक अक्सिलेटरले आजको कारोबारको अन्तिम समयमा खरिदकर्ताको चाप रहेको जनाएको देखिन्छ। 

निष्कर्ष : दैनिक मैनबत्तीको प्रवृत्तिले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। दैनिक मैनबत्ती र ५ मिनेट मैनबत्तीहरुको प्रवृत्तिहरु र सूचकहरुलाई समग्रमा हेर्दा हाल बजार प्रतिरोध क्षेत्रमा नै रहेको देखिएको छ। जहाँ लगानीकर्ताहरुले नाफा सुनिश्चित गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। यदि बजार १३०० भन्दा माथि स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ। त्यस्तै, बजारको तत्कालिन टेवा १२८० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, वैशाख १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्