Kathmandu Press

शेयर बजार प्रतिरोध क्षेत्रमा

काठमाडौं, वैशाख ११ : लगानीकर्ताहरु होटल, वाणिज्य बैंक र विकास बैंकका शेयरमा आकर्षित हुँदा आज पनि दोस्रो बजारले लगानीकर्तालाई निकै खुशी बनायो।&nbs....

शेयर बजार प्रतिरोध क्षेत्रमा

काठमाडौं, वैशाख ११ : लगानीकर्ताहरु होटल, वाणिज्य बैंक र विकास बैंकका शेयरमा आकर्षित हुँदा आज पनि दोस्रो बजारले लगानीकर्तालाई निकै खुशी बनायो। 

कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्दै गरेको र लगानीकर्तालाई खुशी बनाउने खालको वित्तीय विवरण प्रकाशन गरेकाले लगानीकर्ताहरुको मनोबलमा वृद्धि देखिएको हो। आज साताको चौथो कारोबार दिन नेप्से परिसूचक १९ दशमलव १४ ले वृद्घि भएर १२७९ दशमलव २९ को विन्दुमा पुगेको छ।

आज दोस्रो बजार परिसूचकमा १ दशमलव ५२ प्रतिशतको वृद्धि  देखिएको छ। आज दोस्रो बजार १२६० दशमलव ६८ को विन्दुमा खुलेको थियो भने १२८० दशमलव ८४ को उच्च विन्दुसम्म पुगेको थियो। 

Hardik ivf

आज बजारको न्यून विन्दु १२६० दशमलव ६८ थियो। आज दिनभरमा ९५ करोड ३ लाख बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बढेको छ।
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंकको ९ करोड ९ लाख बराबरको शेयर किनबेच भएको छ। आज एभेरेस्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ७७ प्रतिशतले कमाए भने राधी विद्युत  कम्पनीका शेयरधनीले सर्वाधिक ४ दशमलव ९३ प्रतिशतले गुमाए। 
 
प्राविधिक विश्लेषण :

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति 

चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैैशाख ११ गते बजार १२७९ दशमलव २९ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा १ दशमलव ५२ प्रतिशतले वृद्धि हो।   आजको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। यसले आज दिनभर बजारमा खरिदकर्ताहरुको चाप रहेको र अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको कारोबार रकम अत्याधिक भएकाले नेप्से प्रवृत्ति अनुसार बजारमा क्रेता हावी रहेको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति 

चित्र नं.२, आज दिनभरको ५ मिनेट मैनबत्ती प्रवृत्ति हो। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार आज बजार यदि १२६२ भन्दा माथि स्थिर रहन सके बजार केही सकारात्मक हुन सक्ने र अर्को तत्कालीन मुख्य प्रतिरोध १२८० मा रहेको थियो। आजको नेप्से प्रवृत्ति पनि त्यही अनुरुप रहेको छ। 

चित्र नं.३ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.३, दुई दिनको बजारको उतारचडाव हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। हिजो प्रवृत्तिहीन रहेको बजारले १२६२ को विन्दुलाई निश्चित रुपमा तोड्न सफल रहे अनुुसार बजार बढ्दो प्रवृत्तिमा रहेको छ। हाल बजारले १२८० को मुख्य प्रतिरोधलाई सामना गरिरहेको देखिन्छ। 

२१ र ५० समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले गोल्डन क्रस बनाएपछि बजार बढेको र क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ७६ दशमलब २५ अंकमा रहेको छ। यसले बजारमा शेयर बढी खरिद भएको र कारोबारको अन्तिम समयमा क्रेताको चाप केही कमजोर भएको संकेत गरेको छ।  

निष्कर्ष : दैनिक मैनबत्ती र ५ मिनेट मैनबत्ती प्रवृत्तिहरु दुबै सकारात्मक अथवा बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। माथि उल्लेखित नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार हाल मुख्य प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १३०० भन्दा माथि स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, बजारको तत्कालीन सामान्य टेवा १२४६ मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:२२ बजे, बुधबार, वैशाख ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्