Kathmandu Press

अब बजार के होला?

काठमाडाैं, वैशाख ७ : गत साता नेप्से परिसूचक ११८४ दशमलव ०२ विन्दूमा खुलेको बजार १२३२ दशमलव २६ को ‘इन्ट्राडे’ मा बन्द भएको थियो। यस्तै,....

अब बजार के होला?

काठमाडाैं, वैशाख ७ : गत साता नेप्से परिसूचक ११८४ दशमलव ०२ विन्दूमा खुलेको बजार १२३२ दशमलव २६ को ‘इन्ट्राडे’ मा बन्द भएको थियो। यस्तै, न्यून विन्दू ११८१ दशमलव ८७ थियो।

यो अघिल्लो साताभन्दा ४८ दशमलव २४ अंक अर्थात ४ दशमलव ०७ प्रतिशतको वृद्धि हो। गत साता चार दिनमात्र कारोबार भएको थियो र २ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।

Hardik ivf

प्राविधिक विश्लेषण :
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति
 
    
विगत ८ महिनादेखि बजारको उतारचडाव कस्तो रह्यो भनेर हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरु प्रयोग गरिएको छ। चित्रमा देखिएअनुसार नेप्से घट्दो प्रवृत्तिमा रहेको र फलिङ्ग वेजेजको आकृति बनाएको थियो। हाल आएर बजारले यो आकृतिको माथिल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोड्न सफल रहेको देखिन्छ। यो आकृति बुलिस प्रवृत्तिको भएकाले बजार केही सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ। त्यस्तै, अर्को प्राविधिक सूचक, २०० एक्पोनेन्सियल मुभिङ्ग एभरेज हाल प्रतिरोधको रुपमा देखिएकाले यसलाई पनि नकार्न सकिन्न। 

चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति


चित्र नं.२, दैनिक मैनबत्ती चार्टको हो। यसको प्रवृत्तिले गत ६ सातादेखि नेप्सेले ११०० मा टेवा प्राप्त गरेपछि बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। हाल बजारले प्रारम्भिक प्रतिरोध प्रवृत्ति रेखालाई तोडेको देखिएको छ। यसले बजारमा खरिदकर्ताहरु पुनः बजारमा प्रवेश गरिरहेको संकेत गर्दछ। 

२१ र ५० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले बजार बढ्न सक्ने संकेत २ साता अघि नै दिइसकेको र हालसम्म खरिदकर्ताहरुको चाप बजारमा रहेको जनाएको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) र स्टोकास्टिक अक्सिलेटरको प्रवृत्तिहरुले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको भएपनि हालसम्म बजार सच्चिने संकेत भने गरेको देखिँदैन। डाइरेक्सनल मुभिङ्ग एभरेजले बजारमा क्रेताहरुको चाप तीव्र रुपमा बढी रहेको जनाएको छ। यो साताको चार दिनका मैनबत्तीहरुले बुलिस मारुबोजु आकृति बनाएको देखिन्छ। यसले बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ।

चित्र नं. ३ः साप्ताहिक मैनबत्ती (४ वर्ष समयावधि)

निष्कर्ष : नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार गत ६ सातादेखि बढ्दो प्रवृत्तिमा रहेको र प्रारम्भिक मुख्य प्रवृत्ति रेखा अर्थात प्रतिरोधलाई तोडेर बजार केही सकारात्मक हुन नपाउँदै चित्र नं ३ मा देखिए बमोजिम बजारले अर्को मुख्य प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिएकाले लगानी गर्दा केही सजग रहनु पर्ने देखिन्छ। यदि बजार १३०० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने प्रवल सम्भावना देखिन्छ। त्यस्तै, हाल बजारको तत्कालिन टेवा ११६० देखि ११७५ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:४२ बजे, शनिबार, वैशाख ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्