Kathmandu Press

धोनी : एक–दुई पल होइन, युगौं याद रहने एक कहानी

काठमाडौं, साउन ३२ : शनिबार साँझतिर इन्स्टाग्रामा एउटा भिडियो खुबै चर्चित बन्यो। भिडियो ‘क्याप्

धोनी : एक–दुई पल होइन, युगौं याद रहने एक कहानी

काठमाडौं, साउन ३२ : शनिबार साँझतिर इन्स्टाग्रामा एउटा भिडियो खुबै चर्चित बन्यो। भिडियो ‘क्याप्नेट कुल’ अर्थात् मेहन्द्र सिंह धोनीले पोस्ट गरेका थिए। उक्त भिडियो पोस्ट गर्दै धोनीले १५ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर टुंग्याएको घोषणा गरे। 

‘मैं पल दो पलका शायर हूँ, पल दो पल मेरी कहानी है!’ ४ मिनेट ७ सेकेन्डको भिडियोको नेपथ्यमा हिन्दी फिल्म ‘कभी कभी’को यही गीत बज्छ। गीतमा धोनीको अन्तर्राष्ट्रिय करियरका केही फोटो प्ले हुन्छ। गीतले भने जस्तो धोनीको कहानी एक–दुई पलको मात्र होइन, युगौं याद रहने छ।

राँचीजस्तो सानो सहरबाट निस्किएर विश्व क्रिकेटमा आफ्नो अलग पहिचान बनाएका धोनीको कहानीले धेरै युवालाई सपना देख्न र त्यसलाई पुरा गर्न हौसला दिन्छ। आफ्नै कप्तानीमा भारतलाई दुई विश्वकप जिताउँने धोनीको करियरको तथ्यांकले बताउँछ, सोच बलियो भयो भने जस्तोसुकै सफलता प्राप्त गर्न सकिन्छ। 

Hardik ivf

क्रिकेट करियरमा सफलता चुमिरहेकै वेला धोनीले टेस्ट क्रिकेटबाट छोड्ने निर्णय लिएका छन्। उनी टेस्ट म्याचको शतक बनाउनबाट १० खेलमात्र टाढा थिए। धोनीले सन् २०१४ का कप्तानी र टेस्ट क्रिकेट दुवै एकै पटक छाडे। टेस्ट क्रिकेट छाडेको १५ वर्षपछि धोनीले इन्स्टामा ‘साँझ ७ः२९ बाट मलाई रिटायर्ट सम्झनु’ लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि बिदा लिए।

तनाव र दबाबकाबीच पनि धोनी मैदानमा उत्कृष्ट प्रदर्शन गर्न माहिर छन्। आफ्नै कप्तानीमा भारतलाई एकदिवसीय र टि–२० विश्वकप जिताएका धोनीले त्यसको घमण्ड कहिल्यै गरेनन्, मैदानभित्र र बाहिर सधैं शान्त नै रहे। त्यसैले उनलाई महान क्रिकेटर बनायो। क्रिकेट मैदानमा उनको जीवन खुला किताब जस्तै छ।

रनआउटबाट सुरु रनआउटमै अन्त्य

१५ वर्षअघि रनबाट सुरु भएको धोनीको अन्तर्राष्ट्रिय क्रिकेट करियर रनआउटमै अन्त्य भयो। सन् २००४ को डिसेम्बरमा बंगलादेशविरुद्ध शून्यमा रनआउट भएका धोनी सन् २०१९ को सेप्टेम्बरमा विश्वकप सेमिफाइनलमा न्युजिल्यानडविरुद्ध पनि ५० रनमा रनआउट भएका थिए। धोनीको अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात र अन्त्य दुवै विदेशी भूमिबाट भयो। बंगलादेशमा सुरु भएको ‘क्याप्नेट कुल’ इंग्ल्यान्डमा अन्त्य भयो।

न्युजिल्यान्डसँग पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएसँगै धोनीको सन्यासका विषयमा थुप्रै ‘गसिप’ बने, तर उनी एक वर्षसम्म चुप नै रहे। धोनीको कहानी केवल क्रिकेटको मात्रै कहानी होइन, यो विश्वमा आएको परिवर्तनको पनि कहानी हो। ठूला सहरमा क्रिकेट खेलिरहेकाहरुलाई देखेर बल र ब्याट समाउने इच्छा राख्ने तर, त्यसलाई पुरा गर्ने हौसला नराख्ने नयाँ पिँढींका लाखौं युवाका उनी रोलमोडल हुन्।

परम्परागत मान्यताबाट अलग सोच्नु र आफ्नो क्षमतामा विश्वास राख्नु उनको विशेषता हो। यही सोचका कारण सन् २००७ को टि–२० विश्वकप फाइनलको अन्तिम ओभरमा अनुभवबिहीन जोगिन्दर शर्मालाई बलिङका लागि ल्याए, त्यतिखेर जोगिन्दारलाई कमैले मात्र चिन्थे। धोनीको त्यही निर्णयले ६ बलमै जोगिन्दरको भाग्य फेरियो, उनी जिरोबाट एकाएक हिरो बने। 

धोनी त्यो सहरबाट आए, जहाँ युवाको लक्ष्य आईआईटी, जीई या यूपिएससीको तयारी गर्नु हुन्थ्यो, तर धोनीको कहानीले त्यो सोच बदलिदिएको उनी बच्चा छदाँका प्रशिक्षक केशव रंञ्जन बताउँछन्।

भारतीय क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउन उनको ठूलो हात छ, त्यसैले भारतीय क्रिकेत धोनीप्रति सधैं ऋणी रहने छ। मिडियासँग धोनीको सम्बन्ध ‘खट्टा मिठा’ रहेको छ। उनीबाट मिडियालाई कुनै एक्सक्लुसिव समाचार प्राप्त भएन, प्रेस कन्फ्रेन्समा पनि उनी शालिन भाषामा फरक–फरक तरिकाले सवालको जवाफ दिन माहिर थिए। सन् २०१५ को विश्वकप सेमिफाइलन खेलपछि धोनीले भनेका थिए, ‘म हमेसा बाबा (तत्काली टिम म्यानेजर) भन्छु कि मिडिया तपाईंको कामबाट खुसी छ भने यसको मतलब तपाईं आफ्नो काम ठीकसँग गरिरहनु भएको छैन।’

आईपिएलको ‘स्पट फिक्सिङ’मा धोनीको टिम चेन्नई सुपरकिंग्सको नाम आएपछि मुम्बईमा सन् २०१३ को च्याम्पियन्स ट्रफीको लागि जानुअघि उनीमाथि थुप्रैले प्रश्न उठाए, जवाफमा धोनी मुस्कुराए मात्र। वर्तमान कप्तान वीराट कोहलीले भनेका थिए, धोनी सधैं आफ्ना लागि कप्तान नै रहन्छन्। धोनीकै उपस्थितिले कोहलीलाई सफल कप्तान बनाउन भूमिका खेल्यो। भारतीय क्रिकेटमा धेरै महान खेलाडी छन्, आगामी दिनमा पनि हुनेछन्, तर आफ्नै शर्तमा अफ्नो करियरको दिसा तय गर्ने ‘क्याप्टेन कुल’ जस्तो कप्तान र खेलाडी एक युगमा एक मात्र हुन्छन्।

धोनी कसरी बने ‘क्याप्नेट कुल’ ?

धोनीले भारतीय क्रिकेटलाई जति सफलता दिलाएक छन्, त्यसको लागि उनलाई सधैं सम्झिइने छ। आगामी लामो समयसम्म क्रिकेट कप्तानको तुलना धोनीसँग भइरहने छ। धोनीले मैदानमा आफ्नो शैली कहिल्यै छाडेनन्, त्यसैले उनलाई सफल बनायो। जस्तै कठीन परिरस्थितमा पनि आत्मविश्वासका साथ मैदानमा उत्रनु उनको पहिचान हो।

भारतलाई टि–२०, एक दिवसीय र च्याम्पियन्स ट्रफी दिलाएका धोनीलाई क्रिकेट पण्डितले ‘क्याप्टेन कुल’ नाम दिएका हुन्। स्थितिलाई बुझेर रणनीति बनाउने, प्रेसरको समयमा पनि आफू र टिमलाई सम्हाल्न सक्ने उनको क्षमताकै कारण धोनीलाई ‘क्याप्टेन कुल’ उपमा दिइएको हो। 

धैर्यताकै कारण धोनीले युवा अवस्थामै सन् २००७ मा भातरीय टिमको कप्तानी पाए र टिमलाई सफलताको शिखरमा पुर्‍याए। धोनीको कप्तानीमात्रै होइन, ब्याटिङ पनि गज्जब कै रह्यो। उनले कठीन अवस्थामा क्रिजमा जाँदै भारतीय टिमको धेरैपटक उद्दार गरेका छन्। धोनी विश्व क्रिकेटकै उत्कृष्ट फिनिसर हुन्।

धोनीको स्टम्प पछाडिको प्रदर्शन पनि उस्तै गज्जबको छ। विकेटपछाडि रहँदा कठीन समयमा उनले धैर्य गुमाएनन्, त्यसको फाइदा सधैं उनलाई मिल्यो। धोनी सँधैं प्रत्योग गर्न रुचाउँथे। टिम अप्ठ्यारो परिस्थितमा रहेका वेला धोनीले लिएको फैसलाले धेरैले चकित पारेको छ। तर, उनले आफ्ना यस्ता धेरै फैसलालाई सही सावित गरेको छन्। त्यो आत्मविश्वासले नै धोनीलाई अरु खेलाडी र कप्तानभन्दा अलग बनाएको हो।

तथ्यांकमा धोनी

धोनीले सन् २००४ मा भारतीय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले ३५० एक दिवसीय, ९८ टि–२० र ९० टेस्ट म्याच खेलेका छन्। 

धोनीले एक दिवसीयमा ५०.५७ को औसतमा १२ हजार तीन सय तीन रन बनाएका छन्। जसमा १० शतक र ७३ अर्धशतक सामेल छन्। नटआउट १८३ रन उनको एक दिवसीय क्रिकेटमा उच्च स्कोर हो। उनले सन् २००५ मा जयपुरमा श्रीलंकाविरुद्ध त्यो इनिङ खेलेका थिए।

उनले टेस्टमा ४८७६ रन बनाएका छन् भने टि–२०मा १६१७ रन बनाएका छन्। टेस्टमा उनको उच्च स्कोर २२४ हो भने टि–२०मा ५६ रन हो।

धोनीले ५५२ खेल खेल्दै ८२९ पटक विपक्षी खेलाडीलाई विकेट पछाडिबाट आउट गरेका छन्। जसमा टेस्टमा २९४, एक दिवसीयमा ४४४ र टि–२०मा ९१ छ।

करिअर टाइम लाइन

२००४ डिसेम्बर : बंगलादेशविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू।

२००५ अप्रिल : पाचौं एकदिवसीय खेलपछि पाकिस्तानविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्दै पहिलो अन्तर्राष्ट्रिय शतक बनाए। यसअघि ४ खेलमा २२ रन मात्र बनाएका धोनीले १४८ रन बनाए।

२००५ अक्टुवर : एकदिवसीय करिअरको उच्च स्कोर। श्रीलंकाविरुद्धको उक्त खेलमा धोनीले नकआउट १८३ रन बनाए। धोनी प्लेयर अफ दी सिरिज चुनिए।

२००५ डिसेम्बर : चेन्नाईमा श्रीलंकाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा डेब्यू।

२००७ सेप्टेम्बर : राहुल द्रविडलाई रिप्लेस गर्दै एकदिवसीय क्रिकेटको कप्तान चयन। पहिलो टि–२० विश्वकपमार्फत भारतीय टि–२० टिमको कप्तानी बने। फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जिते।

२००८ अगस्त : श्रीलंकामा भारतलाई पहिलो पटक द्विपक्षीय सिरिज जिताए। राजिव गान्धी खेल रत्नबाट पुरस्कृत।

२००८ नोभेम्बर : नागपुरमा भएको अस्ट्रेलियाविरुद्धको चौथो टेस्टबाट अनील कुम्बेलको स्थानमा टेस्ट टिमको कप्तान बने।

२००८ डिसेम्बर : आईसिसीको सर्वश्रेष्ठ वानडे क्रिकेट घोषित।

२००९ मार्च : आफ्नो कप्तानीमा न्युजिल्यान्डमा भारतलाई पहिलो पटक वानडे सिरिज जिताए।

२००९ डिसेम्बर : आईसिसीको सर्वश्रेष्ठ वानडे क्रिकेटर घोषित। लगातार दुई पटक सर्वश्रेष्ठ वानडे क्रिकेटर बन्ने पहिलो खेलाडी।

२०११ अप्रिल : फाइलनमा कप्तानी पार गर्दै भारतलाई २८ वर्षपछि एकदिवसीय विश्वकप जिताए।

२०१३ फेब्रुअरी : करियरको एकमात्र दोहोरो शतक बनाए।

२०१३ मार्च : ४९ टेस्टमा २१ टेस्ट जित्दै सौरभ गांगुलीको रेकर्ड तोड्दै सर्वाधिक सफल टेस्ट कप्तान बने।

२०१३ जुन : धोनीको कप्तानीमा भारतले आईसिसी च्याम्पियन्स ट्रफी जित्यो।

२०१३ मार्च : धोनीको कप्तानीमा घरेलु भूमिमा भारतले अस्ट्रेलियालाई टेस्ट सिरिजमा ४–० ले हरायो।

२०१४ डिसेम्बर : अस्ट्रेलियामा टिमले खराब प्रदर्शन गरेपछि धोनी टेस्ट क्रिकेटबाट सन्यास लिए।

२०१८ अप्रिल : पद्म भूषण अवार्ड जिते। 

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: १९:३३ बजे, आइतबार, साउन ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्