Kathmandu Press

वाणिज्य बैंकमा लगानीकर्ताको सक्रियता कायमै, के होला अब?

काठमाडौं, वैशाख ४ : वाणिज्य बैंकको उपसूचकमा सर्वाधिक वृद्धि देखिएसँगै बुधबार समस्त बजारले सकारात्मक प्रवृत्ति देखाएको थियो। केही समयदेखि वाणिज्य ....

वाणिज्य बैंकमा लगानीकर्ताको सक्रियता कायमै, के होला अब?
फाइल फोटो

काठमाडौं, वैशाख ४ : वाणिज्य बैंकको उपसूचकमा सर्वाधिक वृद्धि देखिएसँगै बुधबार समस्त बजारले सकारात्मक प्रवृत्ति देखाएको थियो। केही समयदेखि वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको निकै धेरै नै चासो देखिएको छ। आज सर्वाधिक कारोबार हुने १० कम्पनीमा १० वटै वाणिज्य बैंक रहेका छन्। आज सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसूचकमा गिरावट देखियो।

आज साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक ४ दशमलव ९९ ले वृद्धि भएर १२१७ दशमलव ०४ को विन्दूमा पुगेको छ। आज दोस्रोे बजार परिसूचकमा ० दशमलव ४१ प्रतिशतको वृद्घि देखिएको छ। आज दोस्रोे बजार १२१२ दशमलव ०५ को विन्दूमा खुलेको थियो भने १२२३ दशमलव ५७ को उच्च विन्दूसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दू १२१० दशमलव २६ थियो। आज दिनभरमा ८२ करोड १६ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचकमा वृद्धि आएसँगै  कारोबार रकममा पनि सुधार आएको छ।

Hardik ivf

आजको बजारको अवस्था : 

आज सर्वाधिक कारोबार हुने :

आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ७ करोड २६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने :

आज सिभिल लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव ७५ प्रतिशतले कमाए भने कर्पोरेट डेभेलपमेण्ट बैंकका शेयरधनीले सर्वाधिक ४ दशमलव ०८ प्रतिशतले गुमाए। 

लाभांश र साधारण सभा गतिविधि

- नेशनल हाइड्रोपावर कम्पनीले वैशाख २७ गते वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले यही वैशाख १५ गते देखि २० गतेसम्म बुक क्लोज गर्ने तय गरेको छ।  वैशाख १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन्।

भोलिका प्रमुख गतिविधि 

-नविल इन्भेष्टमेन्ट बैंकिङले वैशाख ५ गतेदेखि ‘नविल ब्यालेन्स्ड फन्ड–२’ को १० करोड २० लाख इकाई बिक्रीमा ल्याएको छ। वैशाख ९ गतेसम्म निष्काशन गरिएको इकाईमा आवेदन नपरेमा जेठ ३ गतेसम्म आवेदन दिन सकिने छ। प्रतिइकाई १० रुपैयाँको दरले लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। फण्डले १२ करोड ईकाई निष्काशन गरेकोमा १५ प्रतिशत फण्ड म्यानेजर र फण्ड स्पोन्सरलाई छुट्याएको छ भने बाँकी १० करोड २० लाख इकाई भने सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो।

-कुमारी बैंककोे साधारण सभा प्रयोजनका लागि वैशाख ६ गतेदेखि बुक क्लोज हुनेछ। बैशाख ५ गते बिहीबारसम्म कायम रहेका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने र प्रस्तावित बोनस प्राप्त गर्ने छन्। कुमारी बैंकले बैशाख २६ गते बिहीबार आर्थिक वर्ष २०७३-७४ र २०७४-७५को वार्षिक साधारण सभा एकै दिन गर्ने भएको छ।  

कम्पनीले  आर्थिक वर्ष २०७३-७४ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट ८ दशमलव ५० प्रतिशत गरी कूल २१ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने  प्रस्ताव गर्ने छ। प्रस्तावित बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब कट्नेछ।

शेयर सूचीकरण

-आज नेपाल स्टक एक्सेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंकको बोनस शेयर र     सीनर्जी फाइनान्सको हकप्रद शेयर सूचीकरण भएका छन्।

प्राविधिक विश्लेषण  

चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो र आज, वैैशाख ४ गते बजार १२१७ दशमलव ०४ विन्दूमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा ० दशमलव ४१ प्रतिशतले वृद्धि हो। आजको मैनबत्तीले पहिलो कारोबार समयमा खरिदकर्ताहरुको चाप देखिएपनि पछिल्लो समयमा विक्रेताहरुको चाप देखिएको छ। आजको परिमाण हिजोभन्दा बढी भए पनि यसले क्रेता र विक्रेता दुबैको चाप रहेको संकेत गरेको छ। त्यसैले आज बजारमा कारोबार अत्याधिक रहेपनि भोलिको मैनबत्तीलाई पनि हेर्नु जरुरी देखिन्छ।  

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दुई दिनको बजारको उतारचडाब हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारले १२२० देखि १२३० को क्षेत्रलाई प्रतिरोधको रुपमा सामना गर्नु पर्ने देखिएको थियो भने आज त्यही क्षेत्रबाट बजार केही सच्चिएको छ।

अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको नेप्सेमा आज खरिदकर्ताहरुको चाप केही कम भएको संकेत गरेको छ। आज बजार प्रवृत्तिहीन रहेकोले ६ र २१ समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५३.३४ मा रहेपनि यसको प्रवृत्ति त्यति सकारात्मक देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले बजारको पछिल्लो समयमा क्रेताको चाप केही समय हुन सक्ने संकेत भने गरेको छ। 

निष्कर्ष : आज बजार प्रवृत्तिहीन रहेपनि चित्र नं. १ मा देखिए बमोजिम दैनिक मैनवत्तीहरुले बजार अझै पनि बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। माथिको समग्र नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार यदि १२२५ भन्दा माथि स्थिर रहन सकेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। तत्कालिन टेवा १२१० र १२०० मा रहेको देखिन्छ। 

प्रकाशित मिति: १८:४६ बजे, बुधबार, वैशाख ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्