नयाँ वर्षको पहिलो दिन अन्तिम समयमा बजारले दियो साथ, के अब बजार सच्चिएला?
काठमाडौं, वैशाख २ : नयाँ वर्षको पहिलो कारोबार दिन बजार ‘इन्ट्राडे हाई’ मा बन्द भएको छ। आजको बजारको अन्तिम विन्दू र आजको बजारको उच्च ....
काठमाडौं, वैशाख २ : नयाँ वर्षको पहिलो कारोबार दिन बजार ‘इन्ट्राडे हाई’ मा बन्द भएको छ। आजको बजारको अन्तिम विन्दू र आजको बजारको उच्च विन्दू एउटै भएकाले बजार ‘इन्ट्राडे हाई’मा बन्द भएको हो। आज बजारको अन्तिम समयमा खरिदकर्ता निकै सक्रिय भएपछि बजार वृद्धि हुँदै बन्द भएको हो। ‘इन्ट्राडे हाई’ मा बजार बन्द हुनुलाई सकारात्मक प्रवृत्ति मानिन्छ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४ दशमलव ७० ले वृद्धि भएर ११८८ दशमलव ७१ को विन्दूमा पुगेको छ। आज दोस्रो बजार परिसूचक ० दशमलव ४० प्रतिशतको वृद्धि देखिएको छ। आज दोस्रो बजार ११८४ दशमलव ०२ को विन्दूमा खुलेको थियो भने ११८८ दशमलव ७१ को उच्च विन्दूसम्म पुगेको थियो।आज बजारको न्यून विन्दू ११८१ दशमलव ८७ थियो। आज दिनभरमा ३० करोड ४५ लाख बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था :
आज सर्वाधिक कारोबार हुने :
आज सबैभन्दा धेरै नेको इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेको इन्स्योरेन्सको २ करोड ७५ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने :
आज एभेरेस्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ७ दशमलव ५६ प्रतिशतले कमाए भने र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकका शेयरधनीले सर्वाधिक ६ दशमलव ८९ प्रतिशतले गुमाए।
हकप्रद गतिविधि
- नेपाल राष्ट्र बैंकले विजय लघुवित्तलाई १०० प्रतिशत हकप्रद जारी गर्न रोक लगाएको छ।
-२४० प्रतिशत हकप्रद निष्काशन अनुमति लिन युनाइटेड इन्स्योरेन्स धितोपत्र बोर्ड पुगेको छ। प्रस्तावित २४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी १ अर्ब कट्नेछ।
प्राथमिक बजार गतिविधि
- हिमालय ऊर्जा विकास कम्पनीको आइपीओ मंगलबार बाँडफाँट हुँदैछ।
मूल्य समायोजन गतिविधि
-सेन्चुरी कमर्सियल बैंकको २ प्रतिशत बोनस शेयर प्रयोजनका लागि शेयर मूल्य समायोजन भएको छ भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद प्रयोजनका लागि शेयर मूल्य समायोजन भएको छ।
अन्य गतिविधि
-एक पटकमा ५ लाख रुपैयाँ कारोबार गर्ने लगानीकर्तालाई वैशाख २ गते देखि दोस्रो बजारमार्फत शेयर कारोबार गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य भएको छ। एक पटकमा ५ लाख रुपैयाँ भन्दा कम लगानी लगानीकर्तालाई प्यान ऐच्छिक रहने छ।
प्राविधिक विश्लेषण
चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम नयाँ वर्ष २०७६ को पहिलो कारोबार २ गतेको दिन बजार ११८८ दशमलव ७१ विन्दूमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा ० दशमलव ४० प्रतिशतले वृद्धि हो। आजको मैनबत्तीले कारोबारको अन्तिम समयमा बजार बढेको संकेत गरेको छ। बजारको प्रवृत्ति हेरेर आजको परिमाण सामान्य रहेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, अघिल्लो दिनको कारोबार र आजको बजारको उतारचडाव हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालिन प्रतिरोध ११८६ देखि ११९० को क्षेत्रमा रहेको थियो। आजको कारोबारमा यही प्रतिरोध क्षेत्रलाई बजारले परीक्षण गरिरहेको देखिन्छ।
दुई दिनको नेप्से प्रवृत्तिले बजारको उतारचडाव चित्र नं. २ मा देखिए बमोजिम बढ्दो च्यानलमा सीमित रहेको देखिन्छ र हाल बजार प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ।
६ र २१ समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले कारोबारको अन्तिम समयमा खरिदकर्ताहरुको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरे पनि बजार सच्चिने संकेत भने दिएको छैन।
निष्कर्ष : चित्र नं. १ मा दैनिक मैनवत्तीहरुको नेप्से प्रवृत्तिले बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। माथिको समग्र नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा यदि बजार ११९० भन्दा माथि स्थिर रहन सकेमा बजार अझ सकारात्मक हुन सक्ने सम्भावना रहेको र अर्को तत्कालिन मनोवैज्ञानिक प्रतिरोध १२०० मा रहेको देखिन्छ। बजारको तत्कालिन टेवा ११७४ र ११६० मा रहेको देखिन्छ।