Kathmandu Press

अग्नि सापकोटाको मुद्दा आज न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने, सापकाेटाकाे सभामुख हुने बाटाे खुल्याे

काठमाडौं, माघ १२ : अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा न्यायाधीश हरि फुयाँलले नहेर्ने

अग्नि सापकोटाको मुद्दा आज न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने, सापकाेटाकाे सभामुख हुने बाटाे खुल्याे

काठमाडौं, माघ १२ : अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा न्यायाधीश हरि फुयाँलले नहेर्ने भएका छन्। यससँगै सापाकाेटाकाे सभामुख हुने बाटाे खुलेकाे छ।

सापकोटालाई सभामुख नबनाउन र बनाउने प्रक्रिया रोक्न अन्तरिम आदेश माग गर्दैै शुक्रबार सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। त्यो रिटको आज सुनुवाइ तोकिएको थियो।

आजको सुनुवाइमा न्यायाधीश हरि फुयालको इजलासमा तोकिएको थियो। तर, न्यायाधीश फुयालले हेर्न नमिल्ने जनाएको छ। अदालत स्रोतका अनुसार, उनले यसअघि सापकोटाविरुद्धकै मुद्दामा वहस गरेकाले हेर्न नमिल्ने भएको छ। न्यायाधीश फुयालले पनि आफू यो मुद्दा नहर्ने जानकारी अदालतलाई दिइसकेको स्रोतको भनाइ छ।

द्वन्द्वको समयमा काँभ्रेका अर्जुन लामालाई अपहरणपछि हत्या गरिएको थियो। त्यसमा सापकोटा पनि संलग्न रहेको भन्दै मुद्दा परेको थियो। त्यस मुद्दामा वलिक छदा फुयाँलले पनि बहस गरेका थिए। अहिले त्यो मुद्दा विचाराधिन छ।

हत्या आरोपको मुद्दा विचाराधिन रहेकै वेला सभामुख बनाउन नहुने भन्दै शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यहि रिटमा आज सुनुवाइ तोकिएको हो।

न्यायाधीश फुयाँलले मुद्दा नहेर्ने भएपछि आज सुनुवाइ हुने छैन।

आजै सभामुखको निर्वाचन हुँदै छ। अपारह्न ३ बजे बस्ने संसद् बैठकले सापकोटालाई सभामुख चयन गर्नेछ। र उनकाे आजै सपथग्रहण हुनसक्नेछ।

त्यसपछि उनी विरुद्ध परेकाे रिटकाे औचित्य सकिने कानुनव्यवसायीको तर्क छ।

माघ ७ गते उम्मेदवारी दर्ताको अवधिमा सापकोटाको मात्रै सभामुखमा उम्मेदवारी परेको थियो। आज संसदले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ।

प्रकाशित मिति: ११:३२ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्