Kathmandu Press

दशैँ हिन्दूको कि नेपालीको ?

असोजमा मनाइने ‘बडा दशैँ ’ हो। दशैँ नेपालमा चार पटक मनाइन्छ।  दशैँ चैत, पुस र असारमा पनि  मनाइन्

दशैँ हिन्दूको कि नेपालीको ?

असोजमा मनाइने ‘बडा दशैँ ’ हो। दशैँ नेपालमा चार पटक मनाइन्छ।  दशैँ चैत, पुस र असारमा पनि  मनाइन्छ। यो भन्दा कतिपय अहिले पनि छक्क पर्लान्। शरद ऋतुको आश्विन शुक्ल पक्षमा मनाइने बडादशैँ भने सबै नेपालीले मनाउँछन्। 

दशैँमा भनिने ‘विजया दशमी’ भारतबाट आयातित शब्द हो। विजया दशमी भनेको एक दिन मात्रै हो। भारतमा रामले रावणलाई मारेको विजय उत्सवमा दशैँ नभएर रामलीला मनाउँछन् तर नेपालमा दशैँमा दुर्गा भवानीको पूजाआरधना गरी मनाउने भएकाले हामीले दशैँ मनाउँछाैँ। दशैँमा महाँकाली, महाँलक्ष्मी, महाँपार्वतीको पूजा हुन्छ। दशमीको दिन दशैँ विसर्जन हुन्छ। 

दशैँ समाज र संस्कृतिसँग जोडिएको छ। संस्कृतिअनुसार घटस्थापनाका दिन जमारा राख्ने, फूलपातिको दिन दुर्गा स्थापना गर्ने गरिन्छ। दुर्गा स्थापना भनेको पहिलेका खुँडा, खुकुरी, तरबार सिँगारेर स्थापना गर्ने, फूलपाति भित्र्याइन्छ । त्यसपछि महाअष्टमी र महानवमीको दिनमा पुराना हतियारमा दुर्गा जगाउने, खाँणो जगाउने र दशमीको दिनमा देवी विसर्जन गर्दै टीका र जमरा लगाउने चलन छ। 

Hardik ivf

सामाजिक पक्ष भनेको मावली–ससुराली जाने, मान्यजनहरुकहाँ गएर टीका थाप्ने विदेश गएकाहरु घर आउने सबैसँग भेट्घाट हुन्छ। यो बेला सुखदुख साटासाट हुन्छ। एकैछिन रमाइलो हुन्छ। यस्ता सामाजिक र सांस्कृतिक पक्षले दशैँलाई झनै महान बनाएको छ।

दशैँमा किन खाइन्छ मासु भात

दशैँलाई मासु भात खाने पर्व पनि भनिन्छ्। यसको पनि आफ्नै पहिचान छ। किनभन्दा मान्छे वर्षाभरि पानिमा भिजेको छ। हिलोमा चोपलिएको छ।

शरीरले पनि धेरै कसरत गरेको छ । कतिका मांशपेसीहरु कुँजिएका हुन्छन् । नशा कुँजिएको हुन्छ। यो समयमा धान, कोदो रोपी गोडमेल गरी आराम गर्ने समय मिल्ने मिलेकाले खुसी हुँदै मासु र भात खाइन्छ। 

अझै गुरुङहरुको त हिमाल नुहाएर आएको भेडाको मासु खाने चलन छ। उच्च हिमाली क्षेत्रमा भेडीगोठ हुन्छ। त्यहाँका भेडाले यार्सालगायत जडबुटी चरेको हुन्छ। भेडाको मासु खाए त्यो यार्साको रस मान्छेको शरीरमा जाने भएकाले भेडाको मासु खाने गरिन्छ। 

मासु र भात खाएपछि लिंगे पिङ खेल्नुपर्छ। यसको अर्कै वैज्ञानिक भनाइ छ। पीङ खेल्दा शरीरमा कुँजिएका नशा र मांशपेशीहरु क्रियाशील हुन्छन् । मुटुको गति बढ्छ। यसमा पनि आफैँले मच्चाएर पीङ खेल्दा झनै फाइदा हुन्छ। खुम्चिएका नशा, कुँजिएका ग्रन्थीहरु पीङ खेलेपछि तानिन्छन् । शरीरको लागि राम्रो हुन्छ। 

दशैँ हिन्दूको कि नेपालीको ? 

बडादशैँ हिन्दूको मात्रै नभई नेपालीको महान चाड हो। तर, पञ्चायतकालमा त हिन्दूहरुको एक मात्र महान चाड भनिन्थ्यो किनकि त्यतिखेर नेपाल हिन्दू अधिराज्य थियो। हिन्दू राज्यमा हिन्दूकै बढी प्रचारप्रसार हुन्छ र हुनुपर्छ भन्ने थियो। 

अहिले नेपालीको महान चाड भन्ने गरेको सुनिन्छ। राई, लिम्बूलाई हिन्दू भन्ने कि के भन्ने? गुरुङ, मगरहरुलाई के भन्ने? यो हिन्दूहरुको मात्रै हैन । नेपालीहरुको चाड हो भन्ने कुरा भयो। 

नेपालका प्रमुख सप्तपीठहरुमा बज्रयानीतन्त्र अनुसार पूजा हुन्छ। बज्रचार्य हिन्दू त हैनन् । राई, मगर, गुरुङ हिन्दू हैनन् तर संस्कार मान्ने गर्छन्। धेरैजसो शक्तिपिठहरुमा थारू, मगर, गुरुङ नै पुजारी छन्। त्यसैले दशैँ हिन्दूहरुको नभई नेपालीहरुको नै महान चाँड हो। 

बढ्दो विकृति

मुख्य कुरो त हरेक चाड विधिपूर्वक हुनै छाडिसके। यसलाई विकृति भन्ने कि के भन्ने ? अहिले गाउँमा मान्छे शहरबजार गए । कहाँ जमारा राख्ने, कहाँ बोकाको बली दिने, कहाँ के गर्ने ? यस्तो समस्या हुन्छ। जमारा राख्नेहरुले त राख्छन् तर विधि अनुसारको जमरा हुँदैन। 

म सानैमा हुँदाको दशैँ र अहिले मेरा छोराहरुले मनाउने दशैँमा पनि फरक छ। पहिले गाउँका क्षत्री–बाहुन रातभरि लम्बरी भजन गाउँथे । अहिले यो चलन हरायो। अहिले विधिविधान केही छैन । नौ दिनसम्म दमाह बज्नुपर्छ। दशैँ मान्नुपर्छ भन्यो, तास खेल्यो । रक्सी खायो, बस्यो। दशैँ मनाउने यसरी हैन ।
बली हिंसा हो?

पछिल्लो समय राँगा, बोकाको बली चढाउन हुँदैन भन्ने कुरा पनि उठिरहेको छ। कुरा आउँछ मान्छेले मासु खाने की नखाने? मासु खाने हो भने बली पनि दिनुपर्‍यो। मासु नखाने हो भने नदिए पनि भयो । 

यो बेला पूजामा मात्रै होइन, अरु ठाउँमा पनि बध गर्नु भएन । अहिले धेरैले बली दिन मासु खान पनि छोडे तर दशैँमा काटिने राँगा, बोका, कुखरा, हाँस, भेडा च्याङ्ग्रा भगवानको रुपमा अर्पण गर्ने मासु प्रसादको रुपमा खाने हो। 
 

प्रकाशित मिति: १०:४८ बजे, शनिबार, असोज ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्