सेयर बजार केही सकारात्मक
काठमाडौं, चैत २७ : हाइड्रोपावर बाहेक सबै उपसूचकमा वृद्धि देखिएसँगै बुधबार बजार थोरै भएपनि वृद्धि भएको छ।
साताको चौथो कारोबार दिन बुधवा....
काठमाडौं, चैत २७ : हाइड्रोपावर बाहेक सबै उपसूचकमा वृद्धि देखिएसँगै बुधबार बजार थोरै भएपनि वृद्धि भएको छ।
साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ३ दशमलव ५२ अंकले वृद्धि हुँदै ११८४ दशमलव ६१ को विन्दूमा पुगेको छ। आज दोस्रो बजार परिसूचक ० दशमलव ३० प्रतिशतले वृद्धि भएको छ। आज दोस्रो बजार ११८१ दशमलव १० को विन्दूमा खुलेको थियो भने ११८८ दशमलव ०३ को उच्च विन्दूसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दू ११७४ दशमलव ८० थियो। आज दिनभरमा ४१ करोड ४ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचक वृद्धि भएपनि कारोबार रकम भने घटेको छ।
आजको बजारको अवस्था:
आज सर्वाधिक कारोबार हुने :
आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। कुमारी बैंक लिमिटेडको ५ करोड ७२ लाख बराबरको शेयर किनबेच भएको छ। बैंकले दुई आर्थिक वर्ष लाभांस एकै पटक दिने भएकाले कम्पनीको उच्च शेयर कारोबार भएको हो।
आज सर्वाधिक कमाउने र गुमाउने :
आज नेपाल कम्युनिटी डेभेलपमेण्ट बैंकका शेयरधनीले सर्वाधिक ५ दशमलव ०७ प्रतिशतले कमाए भने उन्नती माइक्रोफाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ५५ प्रतिशतले गुमाए।
भोलिका प्रमुख गतिविधि
- ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ गते वार्षिक साधारण सभा गर्दैछ। साधारण सभामा कम्पनीले लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांस प्रस्ताव गरेको छैन।
- गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद आवेदन दिने समय चैत २८ गतेदेखि जेठ १ गतेसम्म रहेको छ। ५० प्रतिशत हकप्रद प्रयोजनका लागि चैत ६ गते बुक क्लोज गरेको थियो। चैत ५ गतेसम्म कायम शेयर धनीले ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
लाभांस र साधारण सभा गतिविधि
- कुमारी बैंकले आगामी बैशाख २६ गते बिहीबार आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ को वार्षिक साधारण सभा एकैदिन गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७३-७४ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट ८ दशमलव ५० प्रतिशत गरी कूल २१ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्नेछ।
साधारण सभा प्रयोजनका लागि बैशाख ६ गतेदेखि बुक क्लोज हुनेछ। बैशाख ५ गते बिहीबारसम्म कायम रहेका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने र प्रस्तावित बोनस प्राप्त गर्ने छन्। प्रस्तावित बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब कट्नेछ।
-नेपाल बैंकले बैशाख २२ गते आइतबार ५९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभामा कम्पनीले लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांस प्रस्ताव गरेको छैन।
कारोबार खुला
- कामना सेवा विकास बैंकको रोक्का भएको कारोबार खुला भएको छ। लाभांस सम्बन्धी निर्णय नेप्सेलाई जानकारी गराउन विलम्ब गरेपछि नेपाल स्टक एक्सचेन्जले कामना सेवा विकास बैंकको शेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले कामना सेवालाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो।
शेयर सूचीकरण
-आज नेप्सेमा कन्काई विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, ग्लोबल आइएमई बैंक र एचआइडिसीएलको बोनस शेयर सूचीकृत भएका छन्।
प्राथमिक बजार गतिविधि
- धितोपत्र बोर्डले गुराँस लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ। गुराँसलाई प्रति कित्ता १०० रुपैयाँको दरले २ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो।
प्राविधिक विश्लेषण :
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम २७ चैत, २०७५ मा बजार ११८४ दशमलव ६१ विन्दूमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा शून्य दशमलब ३० प्रतिशतले वृद्धि हो। आजको मैनबत्तीले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको देखिएकाले अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु आवश्यक देखिन्छ। बजारको प्रवृत्ति हेरेर आजको परिमाण सामान्य रहेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, हिजो र आजको बजारको उतारचडाब हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। हिजोको निष्कर्ष अनुसार यदि बजार ११८० भन्दा तल रहेमा ११७० देखि ११७५ मा टेवा प्राप्त गर्न सक्ने सम्भावना रहेकोमा आज बजारले ११७५ देखि टेवा प्राप्त गरी बजार सकारात्मक रहेको देखिन्छ।
हाल बजार सामान्य प्रतिरोध ११८३ भन्दा माथि रहेको देखिन्छ। ६ र २१ समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले कारोबारको अन्तिम एक घण्टाको समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएवापत माग कम हुँदै गएको संकेत गरेको छ।
निष्कर्ष : माथिको १ दिनको मैनबत्तीहरुको नेप्से प्रवृत्तिले बजार छोटो समयको बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। समग्र नेप्से प्रवृत्ति र सूचकहरुको आधारमा यदि बजार ११८३ भन्दा माथि स्थिर रहन सकेमा बजार अझ केही सकारात्मक हुन सक्ने सम्भावना देखिनुको साथै अर्को तत्कालिन सामान्य प्रतिरोधहरु ११८८ र ११९३ को क्षेत्रमा रहेको देखिन्छ। बजारको तत्कालिन टेवा ११७० देखि ११७५ को क्षेत्रमा रहेको देखिन्छ।