Kathmandu Press

८ तलाभन्दा अग्ला भवनमा आगो लागे निभाउने दमकलै छैन !

२० तलासम्म अग्ला भवन निर्माणको अनुमति दिने सरकारसँग ८ तलाभन्दा अग्ला भवनमा आगोलागी भए निभाउने दमकल समेत छैन।
 ८ तलाभन्दा अग्ला भवनमा आगो लागे निभाउने दमकलै छैन !
रिवाज राई

काठमाडौं, असोज २८ : आइतबार काठमाडौंको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आगलागी भयो। आगलागिको खबर थाहा पाउने बित्तिकै प्रहरी र सेनाका साथै जुद्ध बारुण यन्त्रलाई दमकलका लागि खवर भयो। खवर पुगेको ४० मिनेटपछि बल्ल दमकल पुग्यो।

 आगालागी भएको ठाउँमा दमकल त पुगे, फेरि अर्को समस्या भयो । पाँच तले भवनको माथिल्लो तलाको आगो निभाउन त्यहाँ आएका दमकलले सकेनन्। अग्लो भवनका लागि दमकलमा जडान गर्ने ‘ल्याडर’ नहुदा केहीबेर अलमल भयो । फेरि बन्दोवस्ती गरेर झण्डै १ घण्टापछि आगो निभाउने सुरु भयो। नियन्त्रणमा लिन ३ घण्टा लाग्यो। 

पाँच तले भवनमा आगो निभाउन नसक्ने दमकलले त्योभन्दा अग्ला काठमाडौंका सयौ नयाँ भवनमा आगो लागे के गर्ने भन्ने कुनै योजना छैन । जुद्ध बारुण यन्त्र र सेनासँग भएका दमकलले ५ तलामाथि आगो लागे निभाउन सक्दैनन् । जुद्ध बारुण यन्त्रले बढिमा ८ तलासम्म लागेको आगो मात्रै निभाउन सक्ने दावी गरेको छ । ‘‘७/८ तलासम्म आगालागी भए त ल्याडर प्रयोग गरेर निभाउन सक्छौ तर, त्यो भन्दा ठूला भवनको माथिल्ला तलामा आगो लागेमा नियन्त्रण गर्ने प्रविधि हामीसँग छैन’ जुद्ध बारुण यन्त्रका प्रमुख लिलाराज गाछाले काठमाडौं प्रेससँग भने।

Hardik ivf

 

काठमाडौंमा व्यापारिक प्रयोजनका लागि पछिल्लो समय बनेका अधिकांश घरहरु ७/८ तलाभन्दा माथिकै छैन् । तर आगालागी भएका के गर्ने भन्ने विषयमा भने सरकार अझै तयार छैन। ‘अहिले सम्म उपत्यकाका अग्ला भवनमा आगलागी भएको छैन। तर, घटना हुदैन भन्न सकिदैन’ गाछाले भने, ‘त्यसका लागि सरकार र भवन निर्माण गर्नेहरुले पनि सोच्न आवश्यक छ।’
 
आइतबार भिक्ट्री क्लबको आगोलागीमा पुगेका अग्नी नियन्त्रक  भोगेन्द्र महतोले पाँचौ तलामा आगो लाग्दा पनि निभाउन निकै समस्या भोग्नु परेको बताए। ‘पाँचै तलामा आगो लागेको थियो, हामी दमकल लिएर पुगेपछि त्यहाँ निभाउन समय लाग्यो’ उनले भने, ‘अग्लो भवनमा अहिले हामीसँग भएका दलकलको भरमा आगो निभाउन सकिदैन।’

अग्नी नियन्त्रणा शाखाका प्रमुख गाछी

दमकलको प्रविधिले सपोट नगरेपछि आफुहरु भर्‍याङ चढेर पनि प्रयाश भने गर्ने गरेको अग्नी नियन्त्रक महतोले बताए। ‘भर्‍याङ चढेर निभाउन जादा माथीबाट जलेको भाग खस्छकी भन्ने डर, सिधै दम्कलको पानी पाँचतलामा पुगाउन सकिएन’ महतोले भने, ‘त्यसैले पनि घटनास्थलमा पुग्ने वित्तिकै दमकलबाट आगो निभाउन सकिएन।’

त्यसोत क्लब भिक्ट्रिको आगो निभाउदा त्यहाँ पुगेका दमलहरुबीच संयोजन हुन नसक्दा पनि छिटो निभाउन समस्या देखिएको थियो । ‘आगलागीको खबर लगत्तै पहिलो दम्कल पुग्यो। त्यसले तलबाटै भएपनि पानी फाल्यो। त्यसपछि दम्कलमा भएको पानी सकियो। नेपाली सेनाले आफुसँग भएको पानी नदिदा पनि आगलागि झनै बढ्यो’ महतोले भने। 

पहिलो दम्कलको पानी सकिएपछि जुद्धवारुण यन्त्रबाटै अर्को दम्कल सहित ल्याडर पनि लगियो। ल्याडरको सहयोगले पाँचौ तलाको आगो नियन्त्रणमा लिन सकेको अग्नी निन्त्रकहरुको भनाइछ।

महतोले भने, ‘पानी सकियो तर, सेनाले पानी दिएन आगो स्वरुप झन बढ्यो ठाउँ हे¥यो पहिलो दम्कल गयो पानी पुगेन, भित्रबाट जान समस्या भयो । त्यसपछि ल्याडर आधाघण्टा पछि घटनास्थल पुग्यो।’ 

काठमाडौँ उपत्यकामा आगालागि हुँदा नियन्त्रण गर्न थुप्रै चुनौती रहेको अग्नी नियन्त्रकहरुको भनाईछ। ‘ल्याडर सागुरो गल्ली भएको ठाउँमा प्रयोग गर्न मिल्दैन। यसका लागि ठुलो ठाउँ चाहिन्छ’ महतोले भने। 

जुद्धवारुण यन्त्रका प्रमुख गाछी भने समस्या भएपनि आगलागी भएको ठाउँमा कुनै न कुनै तरिका अपनाएर भएपनि नियन्त्रणमा लिन आफुहरु सफल भएको बताउँछन्। 

के के छ बारुण यन्त्रसँग ?

जुद्ध वारुण यन्त्रसँग अहिले फायर इन्जिन तीनवटा, पानी ट्याङकर एउटा, ल्याडर दुइ वटा, रेस्क्यु ट्रक दुईवटा गरी ८ वटा अग्नी नियन्त्रक साधन छन्। फायर फाइटर लगायत ३३ जना कर्मचारी यहाँ कार्यरत छन्। एउटा २२ हजार लिटर र अर्को १२ हजार लिटर क्षमताको पानी ट्याङकर छ। एउटा फायर इन्जिनमा कम्तीमा पनि ७/८ जना अग्नी नियन्त्रकहरु हुन्छन्।

सुचना लामो बाटोबाट आउदा धेरै क्षति

बारुण यन्त्रका प्रमुख गाछाले घुमाउरो बाटोबाट सुचना आउँदा पनि धेरै क्षती हुने गरेको बताए। उनले नागरिकलाई आगलागी हुँदा कहाँ खबर गर्नुपर्छ ? भन्ने समेत थाहा नभएको बताए। ‘सबैभन्दा पहिलो कुरा त सुचना कतिखेर आइपुग्यो भन्ने हो।  घटनास्थलमा छिटो जान सुचना पनि छिटो पाउनु पर्छ’ गाछीले भने, ‘आगालागी भए सूचना कहाँ दिने भन्ने चेतना अझै फैलन सकेको छैन।’

गाछीका अनुसार आगलागि हुँदा सबैभन्दा पहिले हटलाइन नम्बर १०१ मा फोन गर्नु पर्छ। तर नागरिकले आगलागि हुने बित्तिकै सबैभन्दा पहिले नजिकैको प्रहरीलाई खबर गर्ने हुदा सिधै नभई घुमाउरो बाटोबाट सूचना ढिला आउने उनले बताए। ‘आगालागीको खवर प्रहरीलाई आउँछ, प्रहरीले त्यो ठाउँमा गएर हेर्छ । त्यसपछि आफ्नो कन्ट्रोलमा फोन गर्छ, त्यसपछि बल्ला हामीलाई खवर हुन्छ’ गाछीले भने, ‘यस्तो घुमाउरो बाटोबाट सुचना आउँदा पनि आगो नियन्त्रमा ढिलाउने हुने गरेको हो।’
 

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, असोज २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्