शेयर बजार कारोबारको पछिल्लो समयमा क्रेताको चाप
काठमाडौं, साउन २२ : शेयर बजार बिहीबार शून्य दशमलव ०९ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर १३८१ दशमलव ३७ को विन्दुमा....
काठमाडौं, साउन २२ : शेयर बजार बिहीबार शून्य दशमलव ०९ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर १३८१ दशमलव ३७ को विन्दुमा बन्द भएको छ। १३८७ दशमलव ४४ को विन्दुमा खुलेको बजार १३८८ दशमलव ६९ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु १३६५ दशमवल २० थियो। कारोबार रकम भने ९२ करोड ९ लाखमा सीमित भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ८१ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स र नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक ९ प्रतिशतभन्दा कमाए भने महिला सहयात्रा माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ६ दशमवल ०६ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल केही सच्चिरहेको देखिन्छ। आजको बजार प्रवृत्तिले हतौडा आकृति बनाएको छ। यसले कारोबारको पहिलो समयमा बजार घटे पनि पछिल्लो समयमा बजार बढेको संकेत गरेको छ। आज हतौडा आकृति बनाए पनि यो प्रभावकारी देखिँदैन। आजको परिमाण भने सामान्य रहेको छ।
चित्र नम्बर २
चित्र नं.२ मा, आजको शेयर बजारको रेखा प्रवृत्ति देखाइएको छ। यसले आज बजार पहिलो कारोबारमा घटे पनि पछिल्लो समयमा सकारात्मक रहेको देखिन्छ।
निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्तिलाई समग्र रुपमा हेर्दा यदि बजार १४०५ भन्दा माथि स्थिर रहेमा बजार पुनः सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १४२० को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १३६५ भन्दा तल स्थिर रहेमा बजार अझ केही घट्न सक्ने देखिन्छ। अर्को तत्कालीन बलियो टेवा १३५० को क्षेत्रमा रहेको देखिन्छ।