डोल्पाको शे–फोक्सुण्डोमा हिमपात, नाङखोङ आसपास एक फिट हिउँ जम्यो
स्थानीयका अनुसार हिजो राति करिब ९–१० बजेदेखि सुरु भएको हिमपात आज बिहानसम्म जारी रहेको छ। आज बिहान ९ बजेसम्म उक्त क्षेत्रमा करिब एक फिट हिउँ जमिसकेको छ।
सुर्खेत, कात्तिक १४ : डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रमा हिमपात भएको छ। गाउँपालिकाको नाङखोङ भिजेर आसपास क्षेत्रमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको हो।
स्थानीयका अनुसार हिजो राति करिब ९–१० बजेदेखि सुरु भएको हिमपात आज बिहानसम्म जारी रहेको छ। आज बिहान ९ बजेसम्म उक्त क्षेत्रमा करिब एक फिट हिउँ जमिसकेको छ।
निरन्तर हिमपात भएपछि त्यस क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने देखिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्नुका साथै आवतजावतमा समेत समस्या हुने गर्दछ।
प्रकाशित मिति: १३:१७ बजे, शनिबार, कात्तिक १४, २०८३
थप समाचार




