माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्यो.
नेपालले अन्तिम सुनुवाइको पेसी सार्न माग गर्दै दिएको दिएको निवेदनका आधारमा विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पेसी सार्न अनुमति दिएको हो।
काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाईको मिति सरेको छ।
नेपाल मुछिएको पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दाको अन्तिम सुनुवाइको पेसी कात्तिक १९ गतेका लागि सरिएको छ।
नेपालले अन्तिम सुनुवाइको पेसी सार्न माग गर्दै दिएको दिएको निवेदनका आधारमा विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पेसी सार्न अनुमति दिएको हो।
काभ्रेको साँगास्थित पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टामा हिनामिना भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: ०५:३४ बजे, शुक्रबार, कात्तिक १३, २०८३
थप समाचार




