दिल्ली पुगेर प्रचण्डले भने– ओलीकै सिफारिसमा पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको अन्तरिम सरकार
‘अन्ततः अन्तरिम सरकार गठन गर्ने भयो । त्यतिबेला पनि कामचलाउ चाहीँ केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो,’ प्रचण्डले भने।
काठमाडौं, पुस २१ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिल्लीमा आयोजित एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको बताएका छन्।
सोमबार दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्।
प्रचण्ड आइतबार भारत गएका थिए । उनले भदौ २६ गते राति आफु र माधव कुमार नेपाललाई राष्ट्रपति निवासमा बोलाएपछि रातभर धेरै मिहेनत गरेर संशयको वातावरणलाई निवारण गरेको दाबी गरे।
‘अन्ततः अन्तरिम सरकार गठन गर्ने भयो । त्यतिबेला पनि कामचलाउ चाहीँ केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो,’ प्रचण्डले भने। त्यसपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा संसद् विघटन भएको प्रचण्डले बताए।
‘तर संसद् विघटन गर्ने सहमति भएको थिएन । आ–आफ्ना सोच थिए । राष्ट्रपतिले परिस्थितिलाई हेरेर सुशीला कार्कीको सरकारको सिफारिसमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्ने काम भयो,’ उनले भने।












