Kathmandu Press

मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट

आगलागीबाट भएको क्षतिको विवरण संकलन तथा घटनाको मुचुल्का तयार गर्न जिल्ला प्रशासन कार्यालय मुगुले टोली घटनास्थलमा खटाएको जनाएको छ।
मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट

सुर्खेत, असाेज १० : मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन बुढाका घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन तथा घटनाको मुचुल्का तयार गर्न जिल्ला प्रशासन कार्यालय मुगुले टोली घटनास्थलमा खटाएको जनाएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गरिने बताए ।

घटनाको विस्तृत क्षतिको विवरण मुचुल्का तयार भएपछि खुल्ने जनाइएको छ ।

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, असोज १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्