Kathmandu Press

स्वदेश फर्किए प्रधानमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्षको मिडिया कक्षमा आयोजित प्रेस ब्रिफिङका क्रममा उनले नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०।१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका असमान र गम्भीर असर भोगिरहेको बताए ।
स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं, असोज १० : संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह शिनबार अपरान्ह स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्रीको आगमनसँगै सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ समेत गरे । सचिव ढकालले जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट मात्रै नभई विकासको संकटसमेत बनेको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्ष ९भीआईपी लाउन्ज० को मिडिया कक्षमा आयोजित प्रेस ब्रिफिङका क्रममा उनले नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०।१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका असमान र गम्भीर असर भोगिरहेको बताए ।

उनले जलवायु परिवर्तनका कारण नेपालको हिमाली पारिस्थितिक प्रणालीमा गम्भीर असर परेको उल्लेख गरे । हिमनदी तथा हिमतालहरू तीव्र रूपमा पग्लिँदै जाँदा हिमपहिरो, बाढी, पहिरोलगायतका विपद्को जोखिम बढ्दै गएको उनले बताए । 

निमित्त सचिव ढकालले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि हिमतालहरूको नियमित निगरानी र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए उल्लेख गरे ।

उनका अनुसार हिमाली क्षेत्रमा हुने विपद्को प्रभाव सीमापारसम्म पुग्न सक्ने भएकाले विपद्का समयमा प्रभावकारी समन्वय आवश्यक छ ।

यसका लागि नेपालले ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गरेको उनले जानकारी दिए । उक्त संयन्त्रमार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट सिर्जित जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य, पूर्वसूचना तथा विपद् व्यवस्थापनमा समन्वय गर्न सकिने नेपालको प्रस्ताव रहेको उनले बताए ।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, असोज १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्