Kathmandu Press

भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५१ जनाको शव फेला परेको हो । 
भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला

काठमाडौं, असाेज११ : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजेसम्म १ हजार ४५३ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५१ जनाको शव फेला परेको हो । 

साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६१ गरी कुल ३ हजार ३९१ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । 

साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ । 

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २७९ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रकाशित मिति: ०८:१७ बजे, आइतबार, असोज ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्