Kathmandu Press

वीरगञ्जमा निषेधाज्ञा जारी 

जिल्ला प्रशासनको सूचना अनुसार निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट छन्।
वीरगञ्जमा निषेधाज्ञा जारी 

वीरगञ्ज, पुस २१ : जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक तथा सामाजिक विषयमा उत्पन्न झडपको समाधानका लागि निषेधाज्ञा जारी गरेको छ। 

वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

Hardik ivf

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा लागू हुने भनिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रहरूभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। 

जिल्ला प्रशासनको सूचना अनुसार निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट छन्। उक्त आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही हुने  चेतावनी समेत दिइएको छ। 

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, पुस २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्